Welcome To Kisan Laghubitta Bittiya Sanstha Ltd.

Corporate Office

Budhanilkantha-8, Kathmandu

तीन संस्था मर्जरमा गभर्नर बाट खूसी व्यक्त ।

तीन संस्था मर्जरमा गभर्नर बाट खूसी व्यक्त ।

नेपाल राष्ट्र बैंकद्वारा जारी मर्जर विनियमावली २०७३, चौथो संसोधन २०७५ ले व्यवस्था गरे वमोजिम कैलाली जिल्ला धनगढी उप महानगरपालिका २ मा केन्द्रीय कार्यालय रहेको एनआरएन लघुवित्त वित्तिय संस्था लि., अछाम जिल्ला मंगलसेन न.पा. ५ मा केन्द्रीय कार्यालय रहेको रामारोशन लघुवित्त वित्तिय संस्था लि. र कैलाली जिल्ला प्रतापपुरमा केन्द्रीय कार्यालय रहेको क्रियटिभ लघुवित्त वित्तिय संस्था लि. विच भएको मर्जरको प्रारम्भिक सम्भौता (MOU) लाई हिजो मिती २०७६ वैशाख ९ गते धनगढी उपमहानगरपालिका स्थित एनआरएन लघुवित्त वित्तीय संस्था लि.का २५ शाखा सहित केन्द्रीय कार्यालयको समुद्घाटन कार्यक्रममा तीन ओटा संस्थाका सञ्चालक समितिका अध्यक्षहरुलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालबाट हस्तान्तरण गरि औपचारिकता प्रदान गरिएको छ ।

यसै बिच एनआरएन लघुवित्त वित्तीय संस्था लि.को उद्घाटन कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले नेपालमा केहि बर्ष अघाडिको जस्तो कर्जाका लागि सोर्स फोर्स लगाउनु पर्ने चर्को ब्याजमा साहुमहाजन मोटाउने गरि कर्जा लिनुपर्ने अवस्था हाल नरहेको जनाउनु भयो । सहभागि महिला दिदि बहिनीहरुको उपस्थिती प्रति खुसी व्यक्त गर्दै उहाले सहज वित्तिय सेवाको सदुपयोग गरि आर्थिक उन्नती गर्न आग्रह पनि गर्नु भयो र संस्थाको मर्जर प्रक्रिया केन्द्रबाट सुरु भएपनि त्यो भन्दा अघाडिनै सदस्य स्तरमा स्वस्फुर्त रुपमा साथ झल्कने गरि प्रभाव देखिएकोमा आफू अत्यन्त हर्षित भएको बताउनु भएको छ ।

एकै पटक ३ लघुवित्त वित्तीय संस्थाहरु मर्जरमा जाने सम्भवतः यो पहिलो हुने छ भने त्यसको परिणाम स्वरुप सुदुरपश्चिमले हाल अनुरुप ६२ शाखा सहितको एक शसक्त राष्ट्रिय स्तरको लघुवित्त वित्तिय संस्था पाएको छ । नयाँ आर्थिक बर्ष बाट एकिकृत कारोबार सुरु गर्ने गरि मर्जर हुने भएका तीन संस्था तथा आवद्ध व्यक्तित्व प्रति सरकोकारवाला धेरै नै आशाबादि रहेको र लघुवित्तको बजारमा यसले एक आशा लाग्दो सन्देश सम्प्रेशण भएको बताइएको छ ।