तीन संस्थाको एकिकृत कारोबार भाद्र २४ देखि

 

इमान बटाला
मंगलसेन अछाम
“बैङ्क तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३” को दफा ७३ र “बैङ्क तथा वित्तिय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ती (एक्वीजीसन) सम्बन्धी विनियमावली २०७३” को विनियम ११ मा व्यवस्था भएवमोजिम सुदुर पश्चिमको धनगढी उ.म.न.पा मा केन्द्रीय कार्यालय रहेको एनआरएन लघुवित्त वित्तिय संस्था लि., सुदुरपश्चिम प्रदेशको अछाम जिल्लाको मंगलसेनमा केन्द्रीय कार्यालय रहेको रामारोशन लघुवित्त वित्तिय संस्था लि., र सुदूरपश्चिम प्रदेशकै कैलाली जिल्लाको प्रतापपुरमा केन्द्रीय कार्यालय रहेको क्रियटिभ लघुवित्त वित्तिय संस्था लि. मर्जरको प्रारम्भीक सहमती पश्चात नेपाल राष्ट्र बैङ्कमा निवेदन दिएपश्चात मिति २०७६ श्रावण २६ गते नेपाल राष्ट्र बैङ्कबाट मर्जरका लागि अन्तिम स्वीकृती आएको थियो । अन्तिम स्वीकृती प्राप्त भएको मितीले १ महिना भित्र एकिकृत कारोबार गरिसक्नुपर्ने नेपाल राष्ट्र बैङ्कको निर्देनवमोजिम हाल प्रबन्धपत्र संसोधन लगाएतका कम्पनी रजिष्ट्रारको कार्यालयसंग सबन्धीत प्रक्रियाहरु अन्तिम चरणमा रहेको र सो समाप्त भएपछि रामारोशन लघुवित्त वित्तिय संस्था लि. एनआरएन लघुवित्त वित्तिय संस्था लि. र क्रियटिभ लघुवित्त वित्तिय संस्था लि. का साबिकका इजाजत पत्र खारेज भइ यहि भाद्र २४ गते देखि एनआरएन लघुवित्त वित्तिय संस्था लि. का नामले एकिकृत कारोबार हुने जानकारी संस्थाहरुले राष्ट्रिय दैनिक पत्रिकाहरुमा एकिकृत कारोबार संबन्धीत सूचना प्रकाशित गरि सरोकारवाला सबैलाई जानकारी गराएका छन ।

      भाद्र २४ बाट एकिकृत कारोबार सुरु भएपछि साबकिका क्रियटिभ लघुवित्त वित्तिय संस्था लि. र रामारोशन लघुवित्त वित्तिय संस्था लि. को नाम बाट सञ्चालति शाखा कार्यालयहरु एनआरएन लघुवित्त वित्तिय संस्था लि. का नाम बाट सञ्चालन हुनेछन, त्यसैगरि क्रियटिभ लघुवित्त वित्तिय संस्था लि. र रामारोशन लघुवित्त वित्तिय संस्था लि. का संस्थापक सेयर धनी एनआरएन लघुवित्त वित्तिय संस्था लि. का संस्थापक सेयरधनी सरह संस्थापक बन्नेछन र क्रियटिभ लघुवित्त वित्तिय संस्था लि. र रामारोशन लघुवित्त वित्तिय संस्था लि. का सबै सदस्यहरु स्वतः एनआरएन लघुवित्त वित्तिय संस्था लि. को सदस्यको रुपमा रहनेछन ।



1 Comment

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this:
Skip to toolbar