रामाराेशन र एनआरएन एक हुँदै ।

इमान बटाला
मंगलसेन अछाम

२०७३ सालमा नेपाल राष्ट्र बैङ्कबाट ”घ” वर्गकाे वित्तीय कारोबार गर्ने इजाजत प्राप्त गरि १५ जिल्ला कार्यक्षेत्र तथा अछामको मंगलसेनमा केन्द्रीय कार्यालय भएको रामारोशन लघुवित्त वित्तीय संस्था लि. र २०७५ फागुनमा”घ” वर्गकाे वित्तीय काराेबार गर्ने इजाजत प्राप्त गरि कैलालीको धनगढीमा केन्द्रीय कार्यालय रहेको राष्ट्रीय स्तरको एनआरएन लघुवित्त वित्तीय संस्था लि. बीच मर्जरको प्रारम्भिक सहमती भई नेपाल राष्ट्र बैङ्कमा मर्जरका लागि संयुक्त निवेदन बुझाइएको छ । दुवै संस्थाका सञ्चालक समितीका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैङ्कका सम्बन्धीत व्यक्तित्वसहितको छलफल पश्चात सो सहमति भएको हो । नेपाल राष्ट्र बैङ्कको मर्जर विनियमावली २०७३, चौथो संसोधन २०७५ वमोजिम मर्जरमा जाने निर्णय गरेका दुई संस्थाहरु सो सम्बन्धी प्रारम्भिक प्रक्रियामा अघि बढेका छन । २८ करोड कर्जा लगानी, करिब ५ करोड वचत अनि ७ हजार सदस्य सहितको रामारोशन र एनआरएन नयाँ रणनिती सहित सूदुरपश्चिम प्रदेश केन्द्रीय कार्यालय रहेको एक सफल लघुवित्त वित्तीय संस्था बनाउने अभियानमा जुटेका दुवै संस्थाका सञ्चालक तथा व्यवस्थापन एक फरक संस्था बन्ने कुरामा ढुक्क भएको बताउनु हुन्छ ।



Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this:
Skip to toolbar