रामारोशन लघुवित्त को तेश्रो बार्षिक साधारण सभा सम्पन्न ।

-इमान बटाला
मंगलसेन, अछाम

मंगलसेन ५ अछाममा केन्द्रीय कार्यालय भएको रामारोशन लघुवित्त वित्तिय संस्था लि. को तेश्रो बार्षिक साधारण सभासंस्थाका सञ्चालक समितीका अध्यक्ष चक्र ब. रावलको अध्यक्षता तथा बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्र ब. खड्काको प्रमुख आतिथ्यमा यहि पौष ३० गते रामारोशन गाउँपालिकाको मुजावगरमा सम्पन्न भएको छ

संस्थाको कुल शेयरको ६९.४५ प्रतिशत प्रतिनीधित्व रहेको सो साधारण सभाबाट नेपाल राष्ट्र बैंकले जारि गरेको संस्था मर्जर सम्बन्धी निर्देशन कायान्वयन गर्न उपर्युक्त संस्था सँग छलफल गर्न सञ्चालक समितीलाई अख्तियारी दिने, संस्थाको समूह ख मा वर्गीकृत शेयर सर्वसाधारणका लागि कायम गरिएको कुल पूजिको ३३ प्रतिशत १६५००० थान शेयरको IPO निष्काषन गर्ने, चालु आ.व. को बाहय लेखापरीक्षकमा पुरानै लेखा परिक्षक नियुक्त गर्ने लगायतका महत्वपूर्ण प्रस्तावहरु पारित गरिएका छन।



Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this:
Skip to toolbar