रामाराेशन लघुवित्त काे तेश्राे वार्षिक साधारण सभा पुस ३० मा ।

पुष २२, मंगलसेन अछाम

– इमान बटाला

नेपाल राष्ट्र बैङ्क बाट लघुवित्त कारोबार गर्न “घ” बर्गको इजाजत प्राप्त रामारोशन लघुवित्त वित्तीय संस्थाको तेश्रो बार्षिक साधारण सभा यहि पुस महिनाको ३० गते सोमबार बस्ने भएको छ । बरिष्ठ प्रबन्धक, मानव संसाधन तथा योजना विभाग प्रमुख मिन प्रसाद जोशी का अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका १० जिल्ला कार्यक्षेत्र भएको रामारोशन लघुवित्त वित्तीय संस्था ले हाल ११ वटा शाखा मार्फत ७००० जना सदस्यहरुलाई वित्तिय सेवा दिदै आइरहेको छ ।
संस्थाको सञ्चालक समितीको २०७५/०९/०८ मा बसेको ५५ बैठकले तेश्रो बार्षिक साधारण सभा रामारोशन गाउपालिकाको सभाहल मुजावगर अछाममा मिती २०७५ पुष ३० गते सोमबार विहान ११ बजे बस्ने निर्णय गरेको र साधारण सभामा आ.व. २०७४/०७५ को लेखा परीक्षण प्रतिवेदन, सञ्चालक समितीका तर्फबाट अध्यक्ष ज्यु को प्रतिवेदन प्रस्तुत हुनुका साथै लेखा परीक्षक नियुक्ति, प्रबन्धपत्र तथा विनियमावली संसोधन, राष्ट्र बैङ्कबाट ल्याइएको मर्जरको व्यवस्था लगायतका विविध विषयमा छलफल हुने भएको छ ।



1 Comment

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this:
Skip to toolbar