रामाराेशन माइक्राेफाइनान्सकाे समुद्घाटन सम्पन्न ।

रामारोशन माइक्रोफाइनान्स वित्तीय संस्था लि. को विधीवतरुपमा समुदघाटन सम्पन्न ।

मिती २०७४ चैत्र १० गते तदनुसार ईस्वी संवत २०१८ को मार्च २४ तारिख शनीबार का दिन नेपाल राष्ट्र बैङ्क का बरिष्ठ डेपुटी गभर्नर श्रीमान चिन्तामणी शिवाकोटी ज्यूका प्रमुख आतिथ्य मा उहाकै वाहुलीबाट रामारोशन माइक्रोफाइनान्स वित्तीय संस्था लि. को विधीवतरुपमा समुदघाटन सम्पन्न भएको छ । नेपाल राष्ट्र बैङ्क धनगढी का निर्देशक रमेश आचार्य, अछाम, जिल्ला समन्वय समितीका संयोजक, विभिन्न स्थानिय निकायहरुका जनप्रतिनिधी, जिल्ला प्रहरी प्रमुख, जिल्लास्थित सरकारी तथा गैरसरकारी संस्थाका प्रमूखहरु, पत्रकारहरु, संस्थाका सेयर धनीज्यूहरु, पत्रकारहरु तथा संस्थाका मंगलसेन आसपासका केन्द्रहरुका सदस्यहरु लगायत करिब १५० जना महानुभावहरुको उपश्थितीमा मंगलसैन जिल्ला समन्वय समितीको शभा हलमा सो समुदघाटन कार्यक्रम सुसम्पन्न भयो ।
        संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री बखत बहादुर बटाला ले संस्थाका स्थापना गर्ने योजना बनाइएको समय देखि लाइसेन्स लिनेबला हुदै अहिले सम्म विभिन्न आरोहअवरोहका वाबजुत पनि कार्यक्षेत्रका दुर्गम तथा विपन्न वर्गका सदस्यहरुलाई वित्तिय सेवा दिईरहेका र अझै सेवा विस्तार गर्ने र सेवा दिने प्रतिवद्धता जनाउनुका साथै संस्थाको संक्षिप्त परिचय, औचित्य प्रष्ट्याउनु भयो र करिब १९ महिना पछि बल्ल समुद्घाटन को अवशर जुरेको बताउदै सरोकारवालाहरु संग समन्वयका लागि आग्रह गर्नु भएपछि , कार्यक्रममा प्रमूख अतिथी ज्यु, अतिथी ज्यु लगायत विभिन्न महानुभावहरुले संस्थाको उत्तरोत्तर प्रगतीको कामना गर्दै मन्तव्य राख्नु भएको थियो भने नेपाल राष्ट्र बैङ्क का बरिष्ठ डेपुटी गभर्नर श्रीमान चिन्तामणी शिवाकोटी ज्यू ले राज्यको वर्तमान अर्थतन्त्रको अवस्थाको बारेमा छोटकरीमा भनिसकेपछि महिला सहभागि लगायत विभिन्न महानुभावहरुले राखेका चासो, गुनासो तथा जिज्ञासाको जवाफ दिनु भएको थियो ।

         

संस्थाका केन्द्रीय प्रबन्धक मिन प्रसाद जोशीले सञ्चालन गरेको सो समुदघाटन कार्यक्रम दिउसो १२ वजे सुरुवात भई ३ वजे कार्यक्रम तथा संस्थाका अध्यक्ष चक्र बहादुर रावलले संस्थाको बारेमा र कार्यक्रमका दौरानमा उठेका केहि प्रश्नहरुको जवाफ दिइसकेपछि कार्यक्रम समापन भएको घोषणा गरेसङ्गै कार्यक्रम  विधीवत रुपमा सम्पन्न भएको थियो ।

                                                                           

  -इमान बटाला

मंगलसेन, २०७४  चैत्र १० शनीबार



Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this:
Skip to toolbar